काठमाडौं ।
अहिले बिहानैदेखि राजधानी काठमाडौं लगायत आसपासका जिल्लाहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुयुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । “मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघ गर्जन, चट्याङ र असिनासहित वर्षा हुनेछ”, उनले भनिन् । लगातार ठूलो वर्षा नभई क्षणिक वर्षा हुने बताइएको छ । वर्षा छोटो समय हुनेछ उपत्यकाका पनि दिउँसो बदली भई वर्षा हुने औँल्याएको छ ।
उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ । हाल देशको मध्य तथा पूर्वी भूभागलगायत पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । आज देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघ गर्जन चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।
त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।































प्रतिक्रिया