ठगीमा संलग्नहरु बनेपाबाट पक्राउ

ठगीमा संलग्नहरु बनेपाबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पनौती नगरपालिका वडा नं ६ बस्ने बलराम फुयाँलको घरमा कोठा लिइ बस्ने ३२ वर्षीया सुभद्रा तिमिल्सिनाले बिक्रीवितरणका लागि लुकाइछिपाइ राखेको अवस्थामा ‘निट्राभेट–१०’ लेखिएको लागुऔषध साढे नौ थानको २७९ ट्याप्लेट बरामद गरिएको हो ।

तिमिल्सिनाले दराजभित्र कपडामा लुकाएको सो लागुऔषध फेला पारेकाले औषधिसहित तिमिल्सिनालाई पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo