मुगुमा कुटपिटबाट विद्यार्थीको मृत्यु

मुगुमा कुटपिटबाट विद्यार्थीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मुगुमा विद्यालयका कार्यालय सहयोगीको कुटाइबाट विद्यार्थीको मृत्युृ भएको छ । विद्यालयका  कार्यालय सहयोगी अर्जुन सेजुवालले कुटपिट गर्दा छायाँनाथ रारा नगरपालिका– ५, महाकाली नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दिलीप भामको मृत्यु भएको हाे ।

सेजुवाल विद्यालयमा छायाँनाथ रारा नगरपालिका– १० स्थित विद्यालयको छात्रावासमा खाना पकाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सेजुवालको कुटपिटबाट मृत्यु भएका भाम फरक पहिचान भएका विद्यार्थी हुन् ।

सेजुवाललाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भीमदत्त जोशीले बताएका छन्  ।

 

Logo