आमाबाबुकाे हत्या भएपछि ६ महिने बालिकाको बिचल्ली

आमाबाबुकाे हत्या भएपछि ६ महिने बालिकाको बिचल्ली

केन्द्रबिन्दु
0
Shares

कन्चनपुरकाे शुक्लाफाँटास्थित कलुवारका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको बिहीबार राति विभत्स हत्या भएपछि ६ महिने दुधे बालिकाको बिचल्ली भएको छ ।

आमाबाबु गुमेपछि मामाघरमा राखिएकी बालिका बिरामी भएकी छन् । अहिले महेन्द्रनगरको मालिकार्जुन निजी अस्पतालमा बालिकाकाे उपचार भइरहेकाे छ ।

प्रहरीका अनुसार मृतकका आफन्त पार्वती रावल बिहीबार दिउँसो घरमा पुगेपछि घटना भएको खुलेको हो । बालिकाका लागि दूध खरिद गर्न भण्डारी परिवार रावलकाे छिमेकमा जाने गरे पनि बिहीबार दूध ल्याउन कोही नआएपछि आफैं घरमा घट्ना भएकाे देखेपछि पार्वतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कार्बाहीको माग अघि सारेका छन् ।

Skip This
Skip This
Logo