जिल्ला अदालत काठमाडौंले खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ। चेक बाउन्स मुद्दामा खुश्वुलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको हो।
शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले सजायकाे फैसला गरेकाे हाे । राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लगेकी खुश्वुले दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए।
सापटी लगेको पैसा फिर्ता मागेपछि कटुवाललाई खुश्वुले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन्।































प्रतिक्रिया