सेनाद्वारा बम डिस्पोजल

सेनाद्वारा बम डिस्पोजल

केन्द्रबिन्दु
0
Shares

बडीमालिका नगरपालिका–९मा रहेको रेडियो बाजुराकाे कार्यालय नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।

शुक्रबार राति अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ । रासस

Logo