सुर्खेत । सुर्खेतमा झोलुङ्गे पुल निर्माणकाे रकम सहज रुपमा भुक्तानी गरिदिने भन्दै घूस लिने एक कर्मचारीलाई अख्तियारकाे टोलीले पक्राउ गरिएकाे छ ।
सुर्खेतकाे भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.ले नगरपालिकाको वडा नं. ११ स्थित तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २ लाख घूस लिएकाे अभियोगमा पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।
अभियुक्त के.सी.लाई २ लाख घूस लिइसकेको अवस्थामा घूस रकमसहित बिहीबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।





























प्रतिक्रिया