राैतहट । दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्व नेता अभय सिंह भन्ने कामेश्वर पटेल पक्राउ परेका छन् ।
विभिन्न उपराधिक क्रियालापमा संलग्न तथा प्रहरीकाे खाेजीमा रहेकाे पटेललाई राैतहट र बाराकाे प्रहरी टोलीले राैतहटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिराज खड्काले बताए ।
पटेललाई गएराति चन्द्रपुर नगरपालिका ४ स्थित पटेल धन्सार–जंगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे प्रहरी टोलीले पक्राउ गरेको हाे । कर्तव्य ज्यान लगायतका दर्जनौ अपराधमा संलग्न उनी वर्षौदेखि फरार रहेका थिए ।
प्रहरी आउने थाहा पाएपछि एम्बुस थापेर बसेका पटेलले प्रहरी माथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट पटेलको बायाँ गोडामा दुई राउण्ड गोली लागेको छ । उनको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसको पाँच राउण्ड गोली समेत बरामद भएको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
































प्रतिक्रिया