एकैदिन २ हजार ३ सय बढी सवारी चालकलाई कारबाही

एकैदिन २ हजार ३ सय बढी सवारी चालकलाई कारबाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३ सय बढी सवारी चालक कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार सोमबार उपत्यकाभित्र २३०२ जना चालक ट्राफिक कारवाहीमा परेका हुन् ।

महाशाखाका अनुसार लेन अनुशासन मिच्ने १६४ जना, मापसेमा १०४ जना, भाडामा कार चलाउने ६२ जना, फुटपाथमा पार्किङ गर्ने २७६ जन, सिसिटिभीको सहयोगमा गरिएको कारवाही संख्या ९५ लगायत विभिन्न शीर्षकमा कारबाही गरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार दिनभर उपत्यकाभित्र ३९ साना ठुला दुर्घटना हुँदा २२ जना घाइते भएका छन् भने १ जनाको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo