कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशव कुमार यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाे छ । अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुङ्गाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिएकाे आराेपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज केशव कुमार यादवलाई सेवाग्राहीसँग ४ हजा। घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा उक्त रकम लिएको पुष्टि हुन आएकोले निज केशव कुमार केशव कुमार यादवलाई उक्त रकम बराबरकाे बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ ।

Logo