चीन सरकारलाई नेपालकाे सहयोग

चीन सरकारलाई नेपालकाे सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल सरकारले १ लाख संख्यामा प्राेटेक्टिभ मास्क चीन सरकारलाई सहयाेग उपलब्ध गराउने निर्णय नेेेेपालले गरेकाे छ ।

वुहानबाट फैलिएको कोरोना भाइरसले चीन आक्रान्त भइरहेका बेला सावधानी अपनाउन नेपाल सरकारले तत्काल एक लाख मास्क उपलब्ध गराउने भएको हाे

नाेवेल काेराेना भाइरसकाे संक्रमणकाे खतरालाई मध्यनजर गरी नागरिककाे स्वास्थ्य र सुरक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययाेजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिएकाे प्रधान्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

“कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति कार्ययोजनाअनुरूप तयारीमा जुट्न लाई निर्देशनसमेत दिनुभएको हो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “बालुवाटारमा उपप्रधान तथा र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गर्नुभएको छ ।”

साथै चीनबाट उद्धार गरी ल्याइने नागरिकलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा राख्ने तयारी भएको थापाको भनाइ छ -‘शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत उहाँले बैठकमा निर्देशन गर्नुभयाे । साे अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययाेजना प्रस्तुत गर्नुभयाे भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराउनुभयाे ।’

Skip This
Skip This
Logo