कोरोनाको लागि छुट्टै उपचार कक्ष

कोरोनाको लागि छुट्टै उपचार कक्ष

केन्द्रबिन्दु
0
Shares

भरतपुर । चीन वुहान राज्य लगायत विश्वका विभिन्न देशमा कोरोनाको संक्रमण फैलिएपछि चितवनको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ ।

भरतपुर अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष बनाएको छ । अस्पतालमा कोरोना भाइरसका शंकास्पद विरामीको उपचारको लागि पाँच शैयाको छुट्टै कक्ष बनाइएको हो ।

शकांस्पद बिरामीलाई परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरिएकोे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । अस्पतालले विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिएको पौडेलले बताए ।

कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको आशंका लागेमा विरामीको नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ ।

Logo