कञ्चनपुर ।
टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा विहिबारएक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से १ क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
महिलाको सनाखत हुन सकेको छैन । स्थानीयवासीका अनुसार टिपर चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै उनीहरुले राजमार्ग अवरुद्ध पारेका छन् । प्रहरीले घटनास्थलमा केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । टिपर प्रहरी सुरक्षा घेरामा राखिएको छ भने शव महाकाली अस्पताल पु¥याइएको छ ।
दुर्घटनामा महिलाको मृत्यु
सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाईं रहेकि छिन् ।
गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी सोही वडाका बबिता गनगाईं र निलम गनगाईं सामान्य घाइते भएका छन् । टेम्पु अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो ।
मृतक गनगाईंको शव परीक्षणका लागि किसनगञ्ज अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।
रासस





























प्रतिक्रिया