काठमाडौं ।
ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभर्याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले लिखित परीक्षमा पास गरिदिने भन्दै दुई हजार लिएकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूमा पठाएको महाशाखाले जनाएको छ ।
रासस





























प्रतिक्रिया