अन्नपूर्ण बेस क्याम्पबाट उद्धार गरिएका ६ जनालाई छुम्रोङ ल्याइयाे, ५ जना सम्पर्कविहीन

अन्नपूर्ण बेस क्याम्पबाट उद्धार गरिएका ६ जनालाई छुम्रोङ ल्याइयाे, ५ जना सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

कास्की- अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई हेलिकोप्टरबाट छुम्राेङ ल्याइएकाे छ भने उनीहरूलाई पोखरा ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

उद्धार गरिएका उनीहरुलाई पोखरा ल्याउनकाे लागि प्हरी निरीक्षककाे नेतृत्वमा प्रहरीकाे उद्धार टोली परिचालन गरिएकाे तथा सम्पर्कविहीनकाे खाेजी पनि भइरहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

Logo