कास्की – होचा व्यक्तिमा केही समय विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको आज निधन भएको छ ।
थापामगरकाे स्वास्थ्यमा समस्या आएपछि बिहीबार मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएकाे थियो । उपचारकाे क्रममा शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।
बाग्लुङ धुल्लुवासकोटका खगेन्द्र थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाएका थिए ।































प्रतिक्रिया