हिउँदे झरी लम्बिने संकेत, यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

हिउँदे झरी लम्बिने संकेत, यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अहिले नेपालको पश्चिमी ,मध्य भूभाग र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने धेरै जसो ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसम बुलेटिन जारी गर्दै देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ। राती देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

Skip This
Skip This
Logo