डोल्पामा लकडाउन सुरु

डोल्पामा लकडाउन सुरु

केन्द्रबिन्दु
0
Shares

डोल्पामा आजदेखि पाँच दिनका लागि लकडाउन सुरु भएकाे छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजदेखि पुस २३ गतेसम्म लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्णबस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रभित्र लकडाउन गरिएको छ ।

लकडाउन अवधिभर जिल्लामा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट नगर्न आग्रह गरिएको छ । पसल भने बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्न पाइनेछ ।

विभिन्न होटल, रेष्टुरेन्ट, सैलुन, पुलहाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

Skip This
Skip This
Logo