काठमाडौं । बिहीबार मन्त्रालयमा आयोजित नियमीत पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजानिक गरेका छन् ।
मन्त्रिपरिषद्काे निर्णयअनुसार शहीद गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा चन्द्रमणी अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई चार वर्षका लागि नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।
त्यस्तै सार्वजनिक खरिद नियमावली संशोधनका लागि स्वीकृति दिने निर्णय भएकाे पनि उनले बताए । साथै उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको मन्त्री बाँस्कोटाले जानकारी दिए । ‘न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सञ्चारमन्त्री बाँस्काेटाले जानकारी गराए ।





























प्रतिक्रिया