अर्थ समितिको बैठक स्थगित

अर्थ समितिको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

Logo