पत्रकारसँग ३० हजार घुस लिने दुई कर्मचारी पक्राउ

पत्रकारसँग ३० हजार घुस लिने दुई कर्मचारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– विज्ञापनकाे पैसा लिन गएका ‘पत्रकार’सँग घुस माग्ने महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत र लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले पक्राउ गरेको छ ।

पत्रिकामा विज्ञापन प्रकाशिन गरेवापतको भुक्तिानी दिएवापत लिएको ३० हजार रुपैयाँ घुससहित महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी पक्राउ परेकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार काेइरालाले बताए ।

पूर्व सूचनाका आधारमा बुधबार नगरपालिकाको कार्यालय पुगेको अख्तियारको टोलीले लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले बताए ।

Skip This
Skip This
Logo