भुकम्पपछिको पूर्ननिर्माणले मात्रै नेपालमा साढे २५ करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ ।
आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार सार्जजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख २० हजार मानिसले रोजगारी पाएको देखाएको हो । सेजनको प्रतिवेदन अनुसार अहिलेपनि साढे ५ लाख जनशक्ति आवास पूर्ननिर्माणको काममा संलग्न रहेको देखाएको छ । यसले १० करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ ।
कूल जनसंख्याको १४ प्रतिशत र कूल पुरुष जनसंख्याको २० प्रतिशत जनशक्ति अहिलेपनि पूर्ननिर्माणको क्षेत्रमा कार्यरत रहेका छन् । प्रतिवेदन अनुसार भूकम्पले क्षति पुर्याएका ६१ प्रतिशत नीजि घरहरूको पूर्ननिर्माण सम्पन्न भएको छ । सरकारी भवन र विद्यालयतर्फ ७० प्रतिशत काम सकिएको छ । प्रतिवेदनले स्वास्थ्य संस्था, सुरक्षा निकाय भवनहरू र सांस्कृतिक सम्पदाहरुको पूर्ननिर्माणमा ध्यान दिन सुझाव दिएको छ ।
राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रबन्ध निर्देशक सुशिल ज्ञवालीले अहिलेको कार्यरत जनशक्तिलाई भोली कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको बताए ।
सेजनको अध्ययन प्रतिवेदनले भूकम्पपछिको पूर्ननिर्माणले नेपालको कुल ग्रहस्थ उत्पादनको वृद्धिदर औषतमा ४ दशमलव ५ प्रतिशत योगदान दिएको देखाएको छ ।































प्रतिक्रिया