काठमाडौं । काठमाडौंको गुर्जुधारामा मंगलबार विहान नम्बर नखुलेको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज विहान सवा ६ बजे भएको दुर्घटनामा चन्द्रागिरि नगरपालिका ७ थानकोट, चेकपोस्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसीको मृत्यु भएको हो ।
कलंकीस्थित एलआरआई स्कुलमा १० वर्षीय छोरालाई मोटरसाइकलमा राखेर पुर्याउन जाँदै गर्दा नम्बर नखुलेको ट्रकले उनलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको छ भने उनका छोरा सामान्य घाइते भएका छन् ।































प्रतिक्रिया