४ किलाे यार्सागुम्बासहित तीन जना पक्राउ

४ किलाे यार्सागुम्बासहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्‍गाबाट ४ किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाकाे टोलीले दार्चुला दुहम गाउँपालिका-५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंहलाई प्रक्राउ गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।  कारकाे सिटमुनि उक्त  यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ।

Logo