ठगी मुद्दाका कसुरदार घले पक्राउ

ठगी मुद्दाका कसुरदार घले पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चलबहादुर घलेलाई आइतबार पक्राउ गरिएको छ ।

उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस २४ गतेको फैसलाले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भए पनि उनी फरार हुँदै आएका थिए । उनलाई खोजतलासका क्रममा काठमाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

विसं २०६८ जेठ १३ गते घलले वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडितमार्फत सात लाख लिई फरार भएका थिए । उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा घलेलाई हिजै कारागार कार्यालय सुन्धारा चलान गरिएको ब्यूरोले जनाएको छ ।
रासस

Logo