पर्यटक भित्र्याउन शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण- पर्यटन मन्त्री

पर्यटक भित्र्याउन शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण- पर्यटन मन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको शैक्षिक क्षेत्र पनि पर्यटन विकासका लागि महत्वपूर्ण भएको बताएका छन् ।

उनले विभिन्न शैक्षिक संगठनका पदाधिकारीहरुसँग आइतबार पर्यटन वोर्डमा कुरा गर्दै पर्यटन वर्ष २०२० मा पर्यटक भित्र्याउन शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । उनले शैक्षिक संगठनहरुको विदेशमा रहेका सम्बन्धहरुमा नेपालको पर्यटन वर्षको विषयमा जानकारी गराइ पर्यटन वर्ष सफल बनाउन सहयोग गर्न समेत आग्रह गरे ।

मन्त्री भट्टराईले नेपालको पर्यटन क्षेत्रको विकासका लागि १० वर्षको अभियान सञ्चालन गरिएको र त्यसका लागि दर्जनौ सेमिनारहरू गर्ने बताए । त्यसमा पनि शैक्षिक क्षेत्रको योगदान रहने उनले बताए। त्यस्तै मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० को उद्घाटन जनवरी १ का दिन हुने भएकोले उत्साहजनक सहभागिता जनाउन शैक्षिक संगठनहरूलाई आग्रह गरे

मन्त्री भट्टराईले पर्यटन वर्षको उद्घाटन कार्यक्रका विषयमा आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन), नेपाल शैंक्षिक परापर्श संघ (इक्यान), तथा नेपाल राष्ट्रिय शिक्षक महासंघका पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।

Skip This
Skip This
Logo