आज देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पहाडी भूभागमा सामान्य बादल लागेको छ भने तराईमा सामान्य कुहिरो लागेको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना समेत रहेको र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
काठमाण्डौ उपत्यकासहित देशभर बढेको चिसो कायमै छ । आज बिहान काठमाडौंकाे न्यूनतम तापक्रम १.३ तीन डिग्रीसेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।































प्रतिक्रिया