एनआइसी एशिया बैंक र फुडमान्डुबीच छुटसम्बन्धी सम्झौता

एनआइसी एशिया बैंक र फुडमान्डुबीच छुटसम्बन्धी सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड र फुडमान्डुबीच एनआइसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत भुक्तानी संकलनमा छुटसम्बन्धी सम्झौता भएकाे छ ।

सम्झौताअनुसार कुनै पनि बैंकका ग्राहकहरूले फुडमान्डुबाट आफूले इच्छाइएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी भुक्तानी गर्दा २५% वा अधिकतम् ४ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका थिए।

यस सम्झौतासँगै सीमित अवधिका लागि एन आइ सी एशिया बैंकलगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले फुडमान्डुबाट खानेकुरा अर्डर गरी क्युआर कोडमार्फत् छुट पाउने भएका हुन् ।

Logo