काठमाडौंका पहिलो मेयर श्रेष्ठको निधन

काठमाडौंका पहिलो मेयर श्रेष्ठको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंका पहिलो निर्वाचित मेयर जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको हो ।

प्रथम निर्वाचित मेयर श्रेष्ठकोआजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ । आजभन्दा ६६ वर्षअघि २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा श्रेष्ठ मेयर निर्वाचित भएका थिए ।

त्यसबेला नगर सभापति भन्ने चलन थियो । उनी पछि पन्चायकालमा मन्त्री समेत भएका थिए । राजनीतिमा वितृष्णा जागेपछि उनी न्याय सेवामा प्रवेश गरे । विस २०१६ सालमा चिसापानी इलाका अदालतको न्यायाधीशमा नियुक्त भएका उनी विशेष अदालतको न्यायाधीश समेत बने ।

Logo