सिद्धबाबालाई तेस्राे पटक म्याद थप

सिद्धबाबालाई तेस्राे पटक म्याद थप

केन्द्रबिन्दु
0
Shares

सुनसरी । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीमार्फत तेस्रो पटक म्याद थप गरिएकाे हाे ।

जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपालप्रसाद गिरीका अनुसार थप अनुसन्धानका लागि तीन दिनको म्याद थप भएकाे छ ।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो ।

Logo