छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा ९ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा ९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २७ । हुम्ला, मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी (पूर्व), दोलखा र सिन्धुपाल्चोक गरी विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।

हुम्लाको हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–५ लगौना मोडस्थित सडकमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएकी अन्दाजी ४० वर्षीया एक महिलाको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ। ठक्कर दिने सवारीसाधन र चालकको प्रहरीले खोजी गरिरहेको छ भने मृतककाे पहिचान हुन बाँकी छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ ढोटारस्थित सडकमा बा४ख ६४२९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका भाङ्टार बस्ने ४७ वर्षीय पन्चबीर दनुवारको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुरको हटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ना.४२ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री ४५ वर्षीया प्रमिलादेवी पासवानको मृत्यु भएको छ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० बैधीस्थित सडकमा भे१च १२१६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते ५ वर्षीया सामना थारुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपिया जंगलस्थित सडकमा को२३प ४०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३९ वर्षीय पुरुषको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ।

नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–२ दुम्कौलीस्थित सडकमा ग१ख ४७९८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ।

दोलखाको भिमेश्वर नगरपालिका–२ तिखातलस्थित सडकमा नम्बर नखुलेको जेसिबी अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका जेसिबीमा सवार बिगु गाउँपालिका–८ खोपाचाँकु बस्ने २३ वर्षीय राजु थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा मृत्यु भएको छ।

Logo