ओखलढुङ्गा, २०७ मंसिर २४ । सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको जिप ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर खसेको हो ।
जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरूको अवस्थामा खतरामुक्त रहेको र ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएकाे छ ।































प्रतिक्रिया