चितवन, २०७६ मंसिर २३ । इच्छाकामना गाउँपालिका-२ चितवनका वडाध्यक्ष पञ्चबहादुर पुर्जामाथि बोक्साको आरोप लगाउँदै स्थानीयले कुटपिट गरेका छन् । उनलाई कालोमोसो र जुत्ताको माला समेत लगाएका छन् ।
वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालबन्बी गरेर विवाद उत्पन्न भएपछि उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । उनीहरूले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेकाे छ ।





























प्रतिक्रिया