बाँके, २०७६ मंसिर २२ । कोहलपुरमा ट्रकको ठक्करबाट आईतबार बिहान एक बालिका घाइते भएपछि तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।
स्थानीय र प्रहरीबीच भएको झडपमा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका हुन् । आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्। स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्। घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएकी थिइन् । घाइते बालिकाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ।





























प्रतिक्रिया