आर्थिक विकासमा रोजगारदाता र ट्रेड युनियन सहयात्री बन्नुपर्छ– उपाध्यक्ष ढकाल

आर्थिक विकासमा रोजगारदाता र ट्रेड युनियन सहयात्री बन्नुपर्छ– उपाध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महशुस यस क्षेत्रले गरेको बताएका छन् ।

आज राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने– ‘औद्योगिक सम्बन्धका मुख्य पक्षहरू रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध वलियो र दिगो वनाउन सक्छ ।’

उनले यस किसिमको सोचले देशमा औद्योगिक प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने भन्दै यस सम्बन्धलाई थप बलियो र भरपर्दाे बनाउन अझै थप सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरूले पनि यही रुपमा व्यवहार गरिरहेको उल्लेख गरे ।

उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढ्नुपर्ने बताए ।

उपाध्यक्ष ढकालले भने– ‘श्रम सम्बन्ध विभिन्न आरोह–अवरोह पार गर्दै हालको अवस्थामा आइपुगेको हो र बिगतको असहज परिस्थिति र अप्ठ्यारोहरू पनि हामीले भोगेकोले आगामी दिनहरूलाई सहज बनाउँदै लैजानुपर्छ ।

आफूहरू असल श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गर्ने उद्देश्यका साथ निरन्तर सहकार्य गर्दै आएको उनले बताए । श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ ? हामीसँगै अघि वढन तयार छौं’ – उनले भने ।

साथै ढकालले भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरू लागि परेको बताए । विगतमा भएको सहमति र सहकार्यलाई मुलुकको औद्योगिक क्षेत्रले नबिर्सेको उनको भनाई थियो ।

उनले भने– ‘परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै बढीभन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामीले काम गरिरहेका छांै । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौ ।’

Logo