एकीकृत बस्तीका १७ भूकम्पपीडितलाई घर हस्तान्तरण

एकीकृत बस्तीका १७ भूकम्पपीडितलाई घर हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

नुवाकोट,

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित स्योमखर्कमा निर्माण गरेको एकीकृत बस्तीका १७ घर सम्बन्धित लाभग्राहीलाई बुधबार हस्तान्तरण गरिएको छ । ‘ह्योल्मो फाउण्डेशन’को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की घर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ, दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

नयाँघर हस्तान्तरण गर्दै संस्कृति पर्यटनमन्त्री भट्टराईले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण सरकारको पहिलो प्राथमिकतामा रहेकाले पीडितको मनोबल बढाउन आफू नुवाकोट आएको बताउनुभयो । “भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणलाई अवसरका रुपमा एकीकृत बस्ती, विपद् प्रतिरोधी आवास निर्माण र जीविकोपार्जनका कार्यक्रम प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “सरकारी अनुदानको सही उपयोग गर्न लाभग्राही पनि इमान्दार बन्नुपर्छ ।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तामाङले गाउँखर्क मात्र नभई दुप्चेश्वर गाउँपालिकाभित्रको सबै स्थानमा एकीकृत बस्तीको आवश्यकता रहेको बताउनुभयो । प्रदेश नं ३ का उपसभामुख तामाङले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय दाता गुहारे अनुसार उपलब्धि भने प्रभावकारी नभएको टिप्पणी गर्नुभयो । स्वीजरल्याण्डको ‘माउन्टेन टु माउन्टेन’ संस्थाको अगुवाइमा ‘ह्योल्मो फाउण्डेशन’ नेपालले दुई वर्ष लगाएर घर निर्माण गरेको थियो ।

Skip This
Skip This
Logo