६ किलो चोरीका गहना र ७ लाख ३० हजारसहित एक जना पक्राउ

६ किलो चोरीका गहना र ७ लाख ३० हजारसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम,

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाले भारतको जयनगरबाट नेपाल ल्याउँदै गरेको ६ किलो चोरीका गरगहना र नेपाली रुपैयाँ ७ लाख ३० हजार एक सयसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा बस्ने अन्दाजी ४८ वर्षीय अजय गुप्ता छन् । उनलाई जनकपुर उपमहानरपालिका–२५ लोहनाबाट पक्राउ गरिएको हो ।

सो गणका गणपति एसपी राजेश उप्रेतीले निजले आफ्नो शरीरमा कपडाले बेरी अवैध रुपले ती सामान र नगद नेपाल ल्याउँदै गर्दा बीओपी डेवडियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक रञ्जित तिवारी नेतृत्वको टोलीले पक्राउ गरेको बताए । उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप कारबाहीका लागि जनकपुर भन्सार कार्यालय बुझाइने गणपति उप्रेतीले बताए ।

सो गण पछिल्ला दिनमा अवैध सामान पक्राउ र आपराधिक गतिविधि नियन्त्रणमा सक्रियताका साथ लागि परिरहेको छ । एक साताअघि मात्रै पनि सो गणले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको थियो ।

Logo