ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ

ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिरहा,
ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ निवासी ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । यस्तै कर्तव्य ज्यान मुद्दामा फरार धनगढीमाई नगरपालिका–१० निवासी ६० वर्षीय रामेश्वर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा सिंहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Logo