भरुवा बन्दुकसहित चार जना पक्राउ

भरुवा बन्दुकसहित चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बागलुङ,

जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । उनीहरुलाई शनिबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको छ ।

Logo