कपिलवस्तुमा झडप: एकको मृत्यु, कर्फ्यु जारी (अपडेट)

कपिलवस्तुमा झडप: एकको मृत्यु, कर्फ्यु जारी (अपडेट)

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । लक्ष्मीपूजा गरेको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको हो ।

झडपपछि प्रशासनले आज बिहान ११ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।

कर्फ्यु तोड्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि  प्रहरीले गोली चलाएको छ । गोली लागेर स्थानीय सुरज पाण्डेको मृत्यु भएको जनाएको छ। गोली लागेर घाइते भएका सुरजलाई स्थानीय मन्नत क्लिनिकमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो ।

कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच तनाव उत्पन्न भएको कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) दीपशम्शेर राणाले जानकारी दिए ।

Skip This
Skip This
Logo