भाईटिकाको लागि रानीपोखरीको बालगोपालेश्वर दर्शनको व्यवस्था

भाईटिकाको लागि रानीपोखरीको बालगोपालेश्वर दर्शनको व्यवस्था

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भाइटीकाका दिन यहाँको रानी पोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ ।

भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् ।

यस वर्ष भोलि कार्तिक १२ गते भाइटीका परेको छ । यसै दिन बिहान ७ बजेदेखि साँझ ७ः३० बजेसम्म दर्शनको व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

वि.सं ०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न गरी यो तिहारमा खुला गर्ने तयारीमा रहेको पुनःनिर्माणको ठेक्का सम्झौता ढिला हुँदा सम्भव नभएको हो ।

हाल मन्दिर वरपर सफाइ र मन्दिर पुनःनिर्माणका लागि आवश्यकपर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने काम नभए पनि पुनःनिर्माणका लागि आवश्यकपर्ने सामग्री निर्माण भइरहेका छन् । मन्दिर पुरानै शैली (ग्रन्थकुट, शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्र शमशेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ ।

Skip This
Skip This
Logo