मकवानपुरका २३७ सवारी साधन कारवाहीमा

मकवानपुरका २३७ सवारी साधन कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

मकवानपुर,
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्ने लगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही गरेको छ ।

दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादक पदार्थ सेवनगरी सवारी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःख दिने लगायतका कारणले सवारीसाधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले कारवाहीमार्फत दुई लाख ३७ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।

प्रहरीले कारवाही गरेका सवारी साधनमध्ये नौ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएकामा कारवाही गरिएको हो । दशैँको समयमा हेटौँडामा फरक–फरक स्थानमा भएका दुई वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको बताइएको छ । भैरवडाँडामा ट्रयाक्टर दुर्घटना र जिल्ला प्रहरी कार्यालय अगाडि भएको मोटरसाइकल दुर्घटनामा एक/एक गरी जम्मा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo