काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि काठमाडौं पुरै सिंगारिएको छ । ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सी बस्ने सोल्टी होटलसम्म सडक कालोपत्रे गरेर चिल्लो पारिएको छ । सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सीको फोटो झुण्ड्याइएको छ ।
चिनियाँ पाहुनालाई स्वागत गर्न ठाउँ–ठाउँमा स्वागतद्वार बनाइएको छ । सडकपेटीहरु रंगाइएको छ । सडक छेउमा फूल तथा बिरुवा रोपिएका छन् । पाहुनालाई भगवानको रुप मान्ने नेपाली परम्पराको यो एउटा ज्वलन्त उदाहरण बनेको छ । यतिबेला काठमाडौंलाई हेर्दा लाग्छ कुनै विकशित देशको विकशित शहर । थप हेर्नुहोस भिडियोमाः































प्रतिक्रिया