दुई लाख नगदसहित जुवा खेलिरहेको अवस्थामा १४ जना पक्राउ

दुई लाख नगदसहित जुवा खेलिरहेको अवस्थामा १४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सुर्खेत,

दशैंको अवधिमा सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात/सात जनालाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजयादशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट एक लाख ९१ हजार ५९५ नगदसहित सात जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार भेरीगङ्गा नगरपालिका–१२ का कर्णबहादुर चन्द, दीपक थापा, भेरीगङ्गा–२ का दीपक वली,–४ का भानु खड्का, वीरेन्द्रनगर नगरपालिका–६ का सन्दीप श्रेष्ठ, वीरेन्द्रनगर–१० का धीरज अधिकारी र–११ का चिरञ्जीवी वली पक्राउ परेका छन् ।

प्रहरीले वीरेन्द्रनगरबाट २५ हजार ४५० नगदसहित सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० का चेत भट्टराई, लोकबहादुर ठाडा, खगेन्द्र शाही, वीरेन्द्रनगर–३ का भोजकुमार डाँगी, दीपेन्द्र गिरी, वीरेन्द्रनगर–५ का दिल पुलामी र अम्मर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता रवी रावलले जानकारी दिनुभयो । पक्राउ परेकाको अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

Logo