काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दसैंको शुभकामना दिएका छन् । राजनीतिक शैलिको दिइएको शुभकामना सन्देशमा ज्ञानेन्द्रले पूर्खाको गाथा, गौरव र संस्कृति भुल्नु नराम्रो हुने बताएका छन् ।
शुभकामना सन्देशमा उनले लेखेका छन्, ‘आफ्ना कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनैपनि अर्थमा राम्रो होईन ।’ ज्ञानेन्द्रले भनेका छन्, ‘प्रतिकार, प्रतिवाद र दमन र नियन्त्रणको कार्यविधि’ राम्रो होईन ।
ज्ञानेन्द्रले देशमा अमन–चैन हराएको, विद्रोह बढेको र राष्ट्रियता धर्मराएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । शुभकामना सन्देशको अन्तमा ज्ञानेन्द्रले नेपाललाई ‘सनातनिक सत्यपथ तर्फ’ लैजान नवदुर्गा भवानीले प्रेरणा दिउन् भन्ने कामना पनि गरेका छन् ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजाको गतिविधि नियन्त्रण गर्नुपर्ने धारणा राख्दैं आएका थिए ।





























प्रतिक्रिया