सिन्धुपाल्चोकका त्रियासी प्रतिशत भूकम्पपीडित नयाँ आवास गृहमा

सिन्धुपाल्चोकका त्रियासी प्रतिशत भूकम्पपीडित नयाँ आवास गृहमा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,

भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीब्रता आएको छ । हालसम्म ७३ हजार ३३३ परिवार नयाँ आवास गृहमा बस्न थालेका छन् ।

कूल लाभग्राही सूचीमा रहेका मध्ये ८३ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिई नयाँ आवासगृहमा बस्न थालेका हुन् । लाभग्राही सूचीमा रहेका ८८ हजार ८७७ मध्ये ६०४ घरको प्रवलीकरण भएको छ । बाँकी ८८ हजार २७३ मध्ये २ हजार २३२ परिवारले असार २१ गतेसम्म सम्झौता गरी मसान्तभित्र पहिलो किस्ता लिनुपर्ने समयसीमा तोकेको थियो । तर विभिन्न कारण देखाइ केन्द्रमा निवेदन दिएपछि लाभग्राही सूचीमा कायम रहने गरी सिफारिस भई आएको हुँदा सम्झौता गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका कामु प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

कूल लाभग्राहीमध्ये ८६ हजार २२६ परिवारले सम्झौता गरी पहिलो किस्ता बुझेका छन् । त्यसैगरी ८२ हजार ४१ परिवारले परिवारले दोस्रो किस्ता बुझेका छन् । छुट गुनासोमा पर्न बाँकी पीडितका लागि पछिल्लोपटक पुनः दर्ता गर्ने समय तोकेपछि १८ हजार ६८९ जनाको निवेदन दर्ता भएको र त्यसको टुङ्गो केन्द्रले लगाउने भएकाले निक्र्यौल हुन अझै बाँकी नै छ ।

गुनासोमा दर्ता भएका समेत गरी लाभग्राहीको सूचीमा एक लाख सात हजार ५६६ परिवार पुग्ने देखिन्छ । वि.सं. २०७२ को भूकम्पबाट यहाँका निजी घर सरकारी कार्यालय अस्पताल तथा स्वास्थ्य केन्द्र र विद्यालय भवनसमेत गरी ९५ प्रतिशत भवन पूर्णरुपमा क्षति भएको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

 

Logo