महरामाथि बलात्कार आरोप लगाउने महिलाको सुरक्षा दिन खटियो प्रहरी

महरामाथि बलात्कार आरोप लगाउने महिलाको सुरक्षा दिन खटियो प्रहरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीलाई प्रहरीले सुरक्षा दिन थालेको छ । उनको सुरक्षाका लागि एक जना असई र एक जना महिला प्रहरी खटिएका छन् । भवितव्य केही नहोस् तथा उनीमाथि निगरानी राख्न प्रहरीले सुरक्षाकर्मी खटाएको हो ।

प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन् । सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएकी थिइन् । स्वयम ती महिलाले पनि बिहान ७ बजेदेखि प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस मार्फत जानकारी दिएकी छन् ।

प्रहरीको एक टोलीले बुधबार पनि उनको कोठामा पुगेर थप अनुसन्धान गरेको थियो । घटना बाहिर आएदेखि अनुसन्धानमा रहेको अनुसन्धानलाई मजबुत बनाउन ती महिलाको कोठामा गएको प्रहरीले जनाएको छ । मंगलबार अपराह्न पनि पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको थियो।

संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिसडाँडा नजिक कोठामा गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत उनको कोठामा गएका थिए ।

महिलाको कोठाबाट बरामद भएका ती वस्तुको फिङ्गर टेस्टका लागि फरेन्सिक ल्याब पठाउने प्रहरीको योजना रहेको प्रहरी स्रोतले जनाएको छ । तर महिलाले भने आफ्नो पूर्व बयान फेरेकी छन् । घटना सार्वजनिक भएको २४ घण्टा नबित्दै उनले आफ्नो बयान फेर्दै महरालाई बुबाको संज्ञा दिएकी हुन् ।

उनले महराले आफूलाई बलात्कार गरेको नभई दुर्व्यवहार गरेको बताएकी छन् । रक्सीको नसामा रहेका महराले आफुमाथि बलात्कार नगरेको उनले बताएकी हुन् । यसअघि सुरुमा घटना सार्वजनिक हुँदा कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

Logo