काठमााडौं । आज विश्व मुटु दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरिदैंछन् । मुटु सम्बन्धी रोग र त्यसबाट जोगिने उपायबारे सचेत गराउने खालका विविध कार्यक्रम गरी हरेक वर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘स्वस्थ मुटुः हाम्रो प्रण’ भन्ने तय गरिएको छ ।
विश्व मुटु दिवसका अवसरमा राजधानीका विभिन्न अस्पताल तथा संस्थाले संयुक्त रुपमा चेतनामुलक र्याली गरेका छन्। र्यालीमा सहभागीले मुटु स्वस्थ राख्ने उपायका लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।
मुटु स्वस्थ राख्नको लागि चुरोट, सुर्ती नखाने, पत्रु खाना नखाने, व्यायाम तथा खेलकुदमा सक्रिय हुने, फलफूल तथा सागपात खाने, मानसिक तनाव, रिस तथा उत्तेजनाबाट परै बस्ने, बालबालिकामा देखिने टन्सिल रोगको उपचार समयमै गर्ने, मोटोपन घटाउने, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदी रोगको उपचार तत्काल गर्ने, दैनिक ६–८ घण्टा सुत्ने, नियमित रुपमा (कम्तिमा वर्षको एक पटक) मुटु स्वास्थ्यको परीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।































प्रतिक्रिया