भक्तपुर,
अदालतले विभिन्न अपराधमा दोषी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् । देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी जेल सजाय तोकेका १ लाख २४ हजार ४८ जना अपराधी फरार देखिन्छ ।
भक्तपुर जिल्ला अदालतले विहिबार फैसला कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा कार्यक्रममा ‘नेपाली १ लाख २४ हजार ४८ र विदेशी नागरिक १ हजार ६ सय ६६ जनाले सजाय भुक्तान गर्न बाँकी रहेको फैसला कार्यान्वयन निर्देशनालय प्रमुख गजेन्द्र बहादुर सिंहले बताएका छन् ।
करिब १० अर्ब रुपैयाँ विगो समेत उठाउन बाँकी रहेको उनले बताए । भक्तपुर अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले दिएको जानकारी अनुसार जिल्लामा कैद जरिवाना लागेका व्यक्ति संख्या ९ सय ३७ रहेको र जसमा भक्तपुर जिल्लाका मात्र ४ सय ४८ जना रहेको छन् ।
अन्य बाहिर जिल्लाका भएकाले लगत कट्टा गर्न पठाएको अधिकारीले बताए । स्थानीय सरकारले आवश्यक सहयोग नगर्दा फैसला कार्यान्वयनमा समस्या हुँदै आएको उनी बताउँछन् । भक्तपुरका चार स्थानीय तहमा ४ सय ४८ जनाबाट जम्मा १ सय ६२ वर्ष १० महिना १२ कैद भुक्तानी र २२ करोड ४६ लाख ६८ हजार २ सय १७ रुपैयाँ बिगो उठाउन बाकी रहेको समेत भक्तपुर अदालतले जनाएको छ ।





























प्रतिक्रिया