इटहरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा सालोले भिनाजुको हत्या गरेका छन्। भिनाजुको मृत्युपछि सालाले समेत विष खाएर आत्महत्या प्रयास गरेका छन्। भोक्राहा नर्सिङ ५ का ४५ वर्षीय बहाव मियाँलाई सालो २५ वर्षीय नुरताज मियाँले घाँटीमा छुरी प्रहार गरेका थिए। गम्भीर घाइते बहावको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
भिनाजुलाई छुरा प्रहार गरी घर पुगेका सालो नुरताजले पनि विष हालेको खाना खाएर आत्महत्या प्रयास गरेका थिए। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
गत भदौ ८ गते राति सँगै बसेर होटलमा रक्सी खाएका दुवै घर जान भनेर हिँडेका थिए। सँगै बसेर रक्सी खाइसकेपछि नहरै नहरको बाटो साइकलमा सँगै फर्किँदै गरेका उनीहरुबीच राति झगडा भएको थियो। नजिकैको धानखेत माडिएकोले कुस्ती नै परेको हुनसक्ने प्रहरीले जनाएको छ।
झगडाका क्रममा नुरताजले बहावमाथि चक्कु प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए । दुवैबीच लेनदेनको विषयमा झगडा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया